सडकले पुरिएको जलेश्वर मन्दिरको पुनः निर्माण
बेनी, म्याग्दी, मंसिर : म्याग्दीको बेनी नगरपालिका–८ मा अवस्थित जलेश्वर मन्दिरको पुनः निर्माण गरिएको छ । बेनी–गलेश्वर सडकखण्डमा कालोपत्र गर्ने क्रममा ठेकेदार कम्पनीले सावधानी अपनाउन नसक्दा दुई वर्षअगाडि पुरिएको सो मन्दिरका बारेमा भक्तजन र धार्मिक संघसंस्थाले चासो देखाएपछि पुनः निर्माण गरिएको गलेश्वरका युवा अमृतमान शेरचनले बताउनुभयो ।
सयौँ वर्ष पुरानो मन्दिर पूर्णरुपमा पुरिएपछि भक्तजनले बाहिर दर्शन गरेर फर्कने गरेका थिए । गलेश्वर मन्दिरको प्रवेशद्वार तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र मानिने जलेश्वरको सो मंदिर गलेश्वर मन्दिरबाट १० मिनेटको दुरीमा रहेको छ । सो मन् िदरको संरक्षणमा स्थानीयवासीले पटकपटक अनुरोध गरे पनि बेवास्ता गरिँदै आएको थियो । सडकलाई फराकिलो बनाउने क्रममा पुरिएको सो मन्दिर करिब रु १० लाखको लागतमा निर्माण गरिएको हो । गाईको थुनका आकृतिबाट पानीको धारा खस्ने सो स्थानलाई जलेश्वर नामाकरण गरिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीका अनुसार गलेश्वर महादेवको दर्शन गर्न जाने भक्तजनले सबैभन्दा पहिलो जलेश्वर महादेवको दर्शन गर्नुपर्दछ । मत्स्य पुराण, श्रीमद्भागवत लगायतका धार्मिक ग्रन्थमा जलेश्वर महादेवको दर्शन गरी जलले स्नान गरेमा मुक्ति मिल्ने उल्लेख गरिएको छ ।
Comments
अरु समाचार
मार्तडी–कोल्टी सडक अवरुद्ध
बाजुरा, फागुन : लगातारको हिमपातसँगै वर्षाका कारण एक महीनादेखि...
चिनियाँ पर्यटकको संख्यामा वृद्धि
“जाम, चिसो र भीडबाट मुक्त हुनका लागि गृष्मकालिन अवधिमा...
सार्क क्षेत्रबाट आउने पर्यटकको संख्यामा ११…
काठमाडौं । सन् २०१९ को पहिलो महिनामा झण्डै एक...
पर्यटन विकासमा छुट्याइएको ६३ लाख रकम…
धरान : धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट...
टर्कीमा नेपालले इएमआइटीटी २०१९ स्टैंडको पुरस्कार…
काठमाडौँ, माघ : नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन गरिएको...
अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध
काठमाडौँ, १३ माघ : मौसममा आएको खराबीका कारण त्रिभुवन...
पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा
अमरगढी, माघ : समुचित संरक्षण नपाएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक...
पौवाभन्ज्याङदेखि सन्दपुरसम्म
सन्दकपुर, जहाँ भरिभराउ थिए। कोही दृष्यमा रमाउने, कोही थकाइ...