लोपोन्मुख प्राचीनकला जगेर्ना प्रयास

काठमाडौँ, २० असार । नेवाः कलाकार समाजले नेवारी समुदायका परम्परागत कला, पौभाकला आदि जोगाउने प्रयास गरेको छ ।
ललितपुरमा मङ्गलबारसम्म जारी रहने एक गोष्ठीमा लोपोन्मुख बन्दै गएका प्राचीनकला निर्माण गरी प्रदर्शन समेत गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)का उपकुलपति शारदा चित्रकारले फुर्सदका समयमा कला सिर्जना गरी व्यावसायिकता दिएमा आयस्रोत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

उपकुलपति चित्रकारले परम्परागत रुपमा सिर्जना गरिएका धार्मिक कलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको जानकारी दिँदै त्यस्ता कलालाई प्रवद्र्धन गर्न नाफा प्रतिबद्ध रहेको बताउनुभयो । कलाकारका बीचमा आपसी सहयोग तथा अनुभव आदानप्रदान हुने उक्त कार्यक्रममा ३० कलाकार सहभागी छन् ।

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com