स्वर्गकी अप्पसरा राराका रुपहरु (फोटो फिचर)

0

रारा सबै नेपाली पुग्न चाहने स्थल मध्य एक हो । वरी परी जगलको विचमा ताल । समुन्द्रि सतहबाट २ हजार ९ सय ९० मिटर उचाइृमा अवस्थित छ रारा ताल । विश्वमै कहि पनी नभेटीने स्नो टाउट प्रजातीको माछा पाईन्छ तालमा । तालको पुरा आकृती हेर्न लागी समुन्द्री सतह बाट करीब ४ हजार मिटर उचाईमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो । घाम किरण अनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ । नेपालको सबै भन्दा ठुलो रारा तालमा जती बाह्य पर्यटकका आगमन हुनु पर्ने हो त्यती हुन सकेको छैन । तर स्वदेशी पर्यटकको भने निकै उल्लेखनिय रुपमा आगमन हुने गरेको छ ।
कसरी पुग्ने
नेपालगन्ज देखी ५० मिनेटको हवाई यात्रा पश्चात पुग्न सकिन्छ मुगुको ताल्चा विमान स्थल । ताल्चा विमान स्थल बाट ३ घण्टाको पैदल दुरु पश्चात रारा ताल पुग्न सकीन्छ । सुर्खेत देखी दुई दिनको बस यात्रा पश्चात पुग्न सकिन्छ मुगुको गमगढी । गमगढी बाट तिन घण्टाको पैदल यात्रा पश्चात पुग्न सकिन्छ राराताल । 

भिजिट कर्णाली ट्राभल्सका प्रबन्ध निर्देशक तथा भिलेज रिसोर्टका सञ्चालक

राराका विषयमा जानकारी दिने सूचना डेस्क स्थापना हुदैछ – राजु कार्की

रारा आन्तरिक पर्यटकले निकै रुचाएको स्थान हो । तर, रमाइलो गर्न आउँदा कतिपयले झन्झट खेप्नुपर्ने हुन सक्छ । त्यसको कारण हो, रारा आउनुभन्दा अगाडि यसबारे सूचना नलिने र आवश्यक तयारी नगर्ने । कतिपयले रारा जानलाई जहाजको टिकट पाइँदैन भन्ने गुनासो गर्छन् । टिकटको लागि अग्रीम बुकिङ गर्‍यो भने समस्यामा परिँदैन । योजना बनाएर तथा हामीसँग सम्पर्क गरेर आउनुभयो भनेर रारा यात्रा असहज हुँदैन ।

रारामा जम्मा दुईवटा होटल छन् । हामीले यी होटल र टेण्टमा गरी एक रातमा तीन सय जनालाई बास बस्ने व्यस्था मिलाउन सक्छौं । तालको छेउछाउमा राराका जानकारी दिने सूचनामूलक बोर्ड भएका राम्रो हुन्थ्यो भनेर हामीले आफ्नो तर्फबाट प्रयास गर्दैछौं । राराका विषयमा जानकारी दिने सूचना डेस्क स्थापना हुदैछ । मुगुको ताल्चा विमानस्थलमा पनि चाँडै डेस्क स्थापना हुन्छ होला । त्यसले पनि राराबारे सूचना लिन सहज हुनेछ ।

कसरी पुग्ने ?

रारा पुग्नका लागि हवाई र बसयात्रा गरी दुई वटा विकल्प छन् । पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्जको विमानस्थल राझाबाट मुगुको ताल्चा विमानस्थलसम्म जहाजमा जान सकिन्छ । त्यहाँबाट तीन घण्टाको पैदल हिँडेपछि रारा तालको किनार पुगिन्छ । यसका साथै सुर्खेतबाट मुगु सदरमुकाम गमगढीसम्म सार्वजनिक बस पनि चल्छ ।

rara @ghumphir (1) rara @ghumphir (2) rara @ghumphir (3) rara @ghumphir (4) rara @ghumphir (5) rara @ghumphir (6) rara @ghumphir (7) rara @ghumphir (8) rara @ghumphir (9) rara @ghumphir (10) rara @ghumphir (11) rara @ghumphir (12) rara @ghumphir (13) rara @ghumphir (14)तस्बिहरु: भरतबन्धु थापा/कविराज कार्की 

Comments