यी हुन् मेचीका पर्यटकीय क्षेत्रहरु

रणबहादुर खड्का

नेपाल जता हेर्यो त्यतै राम्रो छ । तर यस्को उचित प्रचार प्रसार हुन नसक्दा जती पर्यटकको आगमन हुनु पर्ने हो त्यती हुन सकेको छैन । यही कुरालाई मध्य नजर गदै पुर्वका पर्यटकीय स्थलहरुलाई प्रचार प्रसार गर्ने हेतुले नेपाल तथा भारतका पत्रकारहरुलाई इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लका पर्यटकीय स्थलहरुको भ्रमण आयोजना गर्यौ । जस्को नेत्तृव गर्यो मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले ।
प्राकृतीक तथा धार्मिक रुपले महत्तव पुर्णस्थानहरुमा भम्रणका साथै स्थानिय तथा पर्यटकसग सरोकार राख्नेहरु सग अन्तरक्रिया समेत गरियो । जस्ले यो क्षेत्रको पर्यटन प्रवद्धनमा टेवा पुग्ने विश्वास लिएको छु ।
यी क्षेत्रमा बार्षिक सात लाखभन्दा बढि आन्तरिक पर्यटकको आगमन हुने गरेता पनि अझै बाह्य पर्यटकको आगमन निकै न्यून रहेको छ ।भ्रमणमा चियाका लागि प्रसिद्ध इलाम, उत्पादनका लागि परिचित पाँचथर र धार्मिक एवम् सांस्कृतिक पहिचान बोकेको ताप्लेजुङ गएका थियौ । सोही क्रममा सो क्षेत्रमा कैद गरेका रामेश्वर कार्कीले कैद गरेका तस्बिरहरु

इलामका मुख्य पर्यटकीय स्थलहरु

फिक्कलको श्रीअन्तु – सुर्योदय र सुर्यास्त (प्राकृतिक सुन्दरता) कन्याम – चिया बगान माइपोखरी – जडिबुटी, ऐतिहासिक पुराना रुखहरु र पंक्षीहरुको आश्रयस्थल, पाथिभरा माताको मन्दिर (पाथिभरा गएपछि दर्शन गर्नै पर्ने मन्दिर) सन्दकपुर – होम स्टे तुम्लिङ्ग – सिंहलीला राष्ट्रिय पार्क, धोत्रे गाउँ

पाँचथरका मुख्य पर्यटकीय स्थलहरु

फिदिम– सदरमुकाम तथा शिवालय जोरसाल बजार – ऐतिहासिक स्थल हिलेहाङ्ग दरवार – हिलेहाङ्ग राजाको ऐतिहासिक दरवार यासोक– सिद्धबाबा मन्दिर सुकेपोखरी – हिमालयन अवलोकन स्थल सिलौटी डाँडा– फाल्गुनन्दको समाधिस्थल, हिमालयन अवलोकनको अग्लो डाँडा

mech tour (1) mech tour (2) mech tour (3) mech tour (5) mech tour (6) mech tour (7) mech tour (8) mech tour (9) mech tour (10) mech tour (11) mech tour (12) mech tour (13)

लेखक मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np