यी हुन् नेपालका २० उत्कृष्ट स्थानहरु

नेपालमा केही त्यस्ता ठाउँ छन, जुन विदेशी मात्र होइन नेपालीकै लागि पनि उत्तिकै आकर्षक छन् ।ती गन्तव्यको उचित प्रचार गर्न सके एसियाका दुई ठूला मुलुक चीन र भारतबीच रहेको नेपाल पर्यटन क्षेत्रमा निकै अघि बढन सक्छ । यी स्थानहरु हुन जो आन्तरीक तथा बाह्य पर्यटकको प्रमुख रोजाईमा परेका स्थानहरु

१.रारा ताल
रङ फेरिरहने यो ताल मुगु जिल्लामा पर्छ ।मुलुककै ठूलो यो ताल २ हजार ९ सय ७२ मिटर उचाइमा छ । यहाँ पुग्न सदरमुकाम गमगढीबाट करिब ३ घण्टा यात्रा गर्नुपर्छ ।ताल्चा विमानस्थलबाट पनि तीन घन्टा हिँडेर यहाँ पुग्न सकिन्छ ।१०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको राराको सुन्दरतामा निख्खार थप्छन्,जेठदेखि असोजसम्म फुल्ने विभिन्न फूलहरुले विश्वमा अन्यत्र नपाइने असला (असला) माछा यहाँ पाइन्छ ।तालमा सिस्ने र कान्जिरोवा हिमालको दृश्यले जो कोहि लाई मन्त्रमुग्द बनाउछ ।

२.तिलिचो ताल
मनाङमा रहेको तिलिचो ताल समुद्री सतहबाट ४हजार ९ सय २० मिटरको उचाइमा अवस्थीत छ ।मस्याङदी नदीको स्रोत यही ताल हो ।मनाङका अन्य पर्यटकीय गन्तव्य थोराङपास,मुक्तिनाथ,जोमसोङ यात्रालाई अझ रोमाञ्चक बनाउन यहाँ पुग्नैपर्छ ।यस क्षेत्रमा वर्षको सात महिना हिउँले ढाक्छ ।तिलिचो ताल घुम्न शरद याम उत्तम मानिन्छ ।

३.फोक्सुन्डो ताल
से फोक्सुन्डो ताललाई गन्तव्य बनाएर कर्णालीकै अर्को जिल्ला डोल्पाको यात्रा गर्न सकिनछ ।कर्णालीमा सबैभन्दा बढी पर्यटक पुग्ने जिल्ला हो डोल्पा। यो तालसम्म पुग्दा देखिने भौगोलिक तथा प्राकृतिक सुन्दरता बेजोड मानिन्छ ।यो ताल से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्छ जहाँ चरजातीका १ सय ९६ ,स्तनधारी जातीका जन्तुहरु ३२ र जडीबुटीहरु ४ सय ७ प्रजातिका पाइन्छन ।

४.पुनहिल
अन्नपूर्ण आधारशिविर पुग्ने सपना धेरैको हुन्छ ।तर साच्चिकै सुन्दर स्थानको तस्बिर कैद गर्न पोखराबाट आधारशिविरतर्फ यात्रालाई पुनहिलको बाटोले जोड्नुपर्छ ।पदयात्राकालागी पर्याप्त समय नहुनेहरु पुनहिल पुगेर मात्रै र्फकन सक्छन्, माछापुच्छे र नीगिरी लगायत पन्ध्र हिमान नियाल्न सकिन्छ ।

५.अन्नपूर्ण आधार शिवि
यो पदयात्राकालागि ७ देखी ११ दिनको समयमा व्यवसायीहरुले आइटेनरी तयार पारेका हुन्छन् ।७ देखी ८ हजार मिटर उचाइका हिमालसँग नजिक ल्याउने पदयात्रा भएकाले यसलाई धेरैले मन पराउँछन् ।सन् २०१३ मा १लाख १३ हजार ५ सय जनाले अन्नपूर्ण आधार शिविर पदयात्रा गरेका थिए ।

६.खप्तड राष्ट्रिय निकुन्ज
खप्तड राष्ट्रिय निकुञ्जले बझाङ,बाजुरा,अछाम रडोटीले छोएको छ ।२ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो सबैभन्दा सानो निकुञ्ज हो । निकै कम मानिस पुग्न यो क्षेत्रको धार्मिक महत्व पनि छ । रंगीविरंगी फूलहरुले खप्तड पुग्नेलाई स्वागत गर्छन र स्वर्ग पुगेको अनुभुती हुन्छ ।

७.सगरमाथा आधारशिविर
बेलायतको डेली मेलले सगरमाथा आधारशिविरलाई उत्कृष्ट पदयात्रा मार्गको रुपमा घोषणा गरेको छ ।यो मार्ग हुदै आधारशिविर र कालापत्थर सम्म पुग्न सकिन्छ । यो पदयात्राकालागि काठमान्डौंबाट लुक्लासम्म हवाई यात्रा सकेर पैदल हिड्नुपर्छ ।पदयात्रा पुरा गर्न १७ दिन लाग्छ ।

८.गोसाईकुण्
रसुवामा एक सय ८ कुण्ड छन् तीमध्ये निकै चर्चित छ गोसाइँकुण्ड । काठमान्डौंको रानीपौवा हुँदै १ सय  १८ किमि यात्रापछि रसुवाको धुन्चे र त्यहाँबाट लौरीविनायक –तेरपैलो–चोलाङपाटी हुँदै पुग्न सकिन्छ । समुद्री सतहबाट १४ हजार फिटको उचाइमा रहेको गोसाईकण्डमा दर्शै र जनैपूर्णिमामा मेला लाग्ने गर्छ ।

९.चितवन राष्ट्रिय निकुञ्ज
हात्ति चढेर गैंडा हेर्नका लागि चितवन राष्ट्रिय निकुञ्ज उत्तम ठाँउ हो ।खोलाका छेउमा बसी सूर्यास्तको दृश्यावलोकनको आनन्द लिनु बेग्दै किसीमको मजा हुन्छ ।निकुञ्ज घुम्न सडकमार्ग हुँदै टाँडीबाट भित्र पस्न सकिन्छ ।भरतपुर विमानस्थलमा दैनिक उडान समेत उपलब्ध छ ।

१०. बडीमालिका (बाजुरा)
जेठदेखि साउनसम्म बडीमालिका पुग्दाको रमाइलो बेग्लै हुन्छ । करिब १५ हजार फिटको उचाइमा रहेको यो क्षेत्रको संस्कृति,भू–बनावट र वातावरणले जो कोहीलाइ सजिलै लोभ्याउन सक्छ । धनगढी भएर डडेलधेरा हुँदै दिपायल,साफेँबगरबाट बाजुरा पुगेपछि बडिमालिका जाने बाटो भेटिन्छ । जिल्लासदरमुकाम मार्तडीबाट पनि जान सकिन्छ ।११ दिनमा काठमान्डौंबाट बडिमालिका पुगेर फर्किन सकिन्छ ।उक्त क्षेत्रमा होटेल तथा आवास प्रबन्ध नभएकाले टेन्ट, स्लिपिङ ब्याग व्यवस्था गरेर जानुपर्छ ।

११.पोखरा
पोखरा यस्तो सहर हो, जहाँ अग्लो हिमाल आफै सतहमा रहेको तालसँग मिसिन्छ ।साहसिक गतिविधि मन पराउनेहरुकालागी स्काई डाइभिङ,प्याराग्लाइडिङ,अन्ट्रालाइट उडान र ¥याफ्टिङ,जिपफ्लाएर,बन्जीजम्पीङ लगाएतका साहसीक खेलहरु उपलब्ध छन् ।पोखरा पुग्न छोटो पदयात्रा गर्न मन लागे नजिकको दूरीमा १८ वटा पदयात्रा मार्ग छन्। यहाँबाट धौलागिरी,अन्नपूर्ण र मनास्लु हिमशृंखला देख्न सकिन्छ । घुम्नका लागि सेतो गुम्बा,पाताले छाँगो,महेन्द्र गुफा र गुप्तेश्वर गुफा मुख्य स्थल हुन् ।पोखरा र आसपासमा विभिन्न आठ ताल घुम्न सकिन्छ ।

१२.लुम्बिनी
धार्मिक पर्यटकका लागि मात्र होइन,पुरातात्विक सम्पदामा रुचि राख्नेहरु एकपल्ट पुग्नैपर्ने स्थान हो लुम्बिनी । गौतम बुद्धको जन्मस्थल क्षेत्रमा थुप्रै स्तुपा तथा गुम्बाहरु रहेकाछन् । शान्तिको खोजीमा भैतारीरहेकाहरुलाई यहाँ पुग्दा मन शान्त हुन्छ ।

१३. खोकना
ललितपुरको जावलाखेलबाट ८ किलोमिटर दक्षिणमा एउटा पुरानो बस्ती छ ,खोकना। तोरीको तेलका लागि प्रख्यात यस स्थानमा हुने जात्राहरु विशेष मानिन्छन् । काठमान्डौंबाट नजिक भएकाले सहरको हल्लाबाट छुट्कारा लिई प्रकृतिसंग नजिकिन खोकना राम्रो विकल्प हो ।मल्लकाल सम्झाउने पुराना घर,पुराना कथा सुनाउन तम्तयार गल्लीभित्रबाट गाला खुम्चाउँदै हास्ने वृद्धवद्धाले यहाँ पुग्नेलाई लोभ्याउँछन ।

१४.नमोबुद्ध
डाँडाको टुप्पोमा गुम्बा अनि बौद्ध कलाले सजिएका घरहरु । हेर्दा तिब्बती सहरजस्तो । काभ्रेपलाञ्चोकको नमोबुद्धबाट डाँडाबाट पनौती, बनेपा र धुलिखेलसँगै हिमाली रेन्ज र पूर्वउत्तरमा भकुण्डेबेसी तथा पाँचखालको फाँटको सुन्दर दृश्य देखिन्छ ।

१५.स्वर्गद्वारी
२ हजार १ सय २१ मिटरको उचाइमा रहेको प्यूठानको स्वर्गद्वारीबाट तीनवटा हिमशृखंला देख्न सकिन्छ । स्वर्गद्वारी धार्मिक सम्पदा,इतिहास र प्राकृतिक सौन्दर्यको खानी हो ।गर्मीबाट छुट्कारा पाउन पनि स्वर्गद्वारी पुग्न सकिन्छ ,अन्य स्थानमा चर्को गर्मीले सताइरहँदा स्वर्गद्वारीको हावापानीले स्वर्गै पुगेको अनुभुती दिलाउछ ।

१६.कोसी टप्पु आरक्ष
चरा अवलाृकनका लागि नेपाल सबैभन्दा राम्रो ठाउँ हो । पूर्वी नेपालमा अवस्थित कोसी टप्पु र कोसी ब्यारेज क्षेत्रमा प्रवासी पानी कुखुरा र चराहरु हेर्न जाडो मौसम उपयुत्त हुन्छ । अन्यत्र नपाईने प्रजातिका चराहरु यहाँ देखिन्छ, विश्वभरका गन्तव्यलाई ¥याङकिङु गर्ने वेभपोर्टल ट्रिप एडभाइजरुले खेखेको छ । जनवरी र फेब्रुअरीको महिनामा यहाँ हजारौ जराहरु भेला हुन्छन् ।

१७.पाल्पा
तानसेनको श्रीनगर डाँडा र १ सय १३ वर्ष पुरानो रानीमहलकै कारण यो पाल्पालाई पहाडकी रानी भनिँदै आएको छ ।मौसमका हिसाबले पाल्पा बाह्ै्र महिना सुन्दर मानिन्छ ।कालीगण्डकी किनारामा रहेको रानीमहलले जो कोहीको मन लोभ्याउँछ ।

१८.ककनी
स्ट्रबेरी खेतीका लागि प्रख्यात ककनी पछिल्लो चारपाचँ वर्षयता ट्राउट माछाले पनि परिचित भएको छ । रक क्लाइम्बिङ वाल र पार्कले पनि नुवाकोट जिल्लामा पर्ने ककनीको आकर्षण थपेका छन ।ककनीबाट गणेश,गौरीशंकर मनास्लु,चोबा भामरे,हिमचुली,अन्नपूर्णलगाएतका हिमाल देख्न सकिन्छ ।लोन्ली प्लानेटले धुलिखेल र नगरकोट भन्दा शान्त गन्तव्यको रुपमा यसलाई व्याख्या गरेको छ ।

१९. बन्दीपुर
नेवारी संस्कृतिको संग्रहालयका रुपमा चिनिने बन्दीपुर नेपालकै ठूलो गुफा (सिद्ध गुफा) भएको स्थान हो ।यहाँ प्याराग्लाइडिङ समेत सरु भएको छ । बन्दीपुरबाट जुगल,लाङटाङ,गणेश,मनास्लु, हिमचुली,अन्नपूर्ण,धौलागिरी र कान्जिरोवा हिमाल देखिन्छन् । मध्यजेठदेखि मध्य असारसम्म बन्दीपुर पुग्नेलाई बाटैभरि चौबीस जातिका सुनगाभाले स्वागत गर्छन् ।

२०.लोमान्थाङ


मुस्ताङको निकै रोमाञ्चक र विकट गन्तव्यको रुपमा लिइन्छ,लोमान्थाङलाई । यहाँको भौगोलिक बनावट तिब्बती परिवेशसँग मिल्छ । हिमाली मरुभूमि नै भनिन्छ यस क्षेत्रलाई । लोमान्थाङ थलाकी संस्कृतीको बाहुल्य भएको ठाउ हो । यहाँ जान विदेशी पर्यटकहरुले विशेष अनुमति लिनुपर्छ । लोमान्थाङमा रहेको सात सय वर्ष पुरानो दरबार त्यहाको मुख्य आकर्षण हो । माटोले बनाइएको पाचँतले उक्त दरबारमा सयभन्दा बढी कोठा रहेकाछन् ।


Facebook Comment


No ads found for this position