यस्ताे छ गोसाइँकुण्डकाे महत्व र इतिहास , कसरी जाने, कति लाग्छ खर्च ?

अनु आचार्य

गोसाइँकुण्डका ‘गो’ र ‘साइँ’ शब्दले भिन्दाभिन्दै अर्थ बोक्छन् । ‘गो’ भन्नाले पृथ्वी र ‘साइँ’ भन्नाले मालिक बुझाउँछ । यसरी गोसाइँकुण्ड अर्थात् पृथ्वीको मालिक । पृथ्वीको टोपी भन्ने पनि हुन्छ । अर्को, हिन्दू र बौद्ध धर्मालम्बीको पवित्र तीर्थस्थल हो, गोसाइँकुण्ड । यो नेपालका चारमध्ये एक धामका रूपमा परिचित छ । पौराणिक कथनअनुसार भगवान् शिवले कुण्डको सिर्जना गरेका हुन् । आन्तरिक पर्यटकको मनोकांक्षा पूरा हुने विश्वासले गोसाइँकुण्ड पुग्छन् । विदेशी पर्यटक भने पदयात्रा रोज्छन् । विदेशीमध्ये पनि अलिक साहसिक पर्यटक मात्रै लाङटाङबाट गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु पुग्छन् ।

 

कहिले लाग्छ  मेला ?
यहाँ जेठ शुक्ल दशमीका दिन दशहरा र साउन शुक्ल पूर्णिमाको दिन ऋषितर्पणी अर्थात जनैपूर्णिमामा गरी वर्षको दुईपटक भव्य मेला लाग्छ । यी दुई दिन गोसाइँकुण्ड पुगेर पूजाआजा गरे मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ । आजभोलि भने पर्व मात्रै कुरिँदैन । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक गोसाइँकुण्ड पुग्ने गर्छन् । भदौ, असोज र कात्तिकमा पदयात्रामा निस्केका विदेशी पर्यटकको घुइँचो नै हुन्छ ।

 

कहिले लाग्छ  मेला ?
यहाँ जेठ शुक्ल दशमीका दिन दशहरा र साउन शुक्ल पूर्णिमाको दिन ऋषितर्पणी अर्थात जनैपूर्णिमामा गरी वर्षको दुईपटक भव्य मेला लाग्छ । यी दुई दिन गोसाइँकुण्ड पुगेर पूजाआजा गरे मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ । आजभोलि भने पर्व मात्रै कुरिँदैन । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक गोसाइँकुण्ड पुग्ने गर्छन् । भदौ, असोज र कात्तिकमा पदयात्रामा निस्केका विदेशी पर्यटकको घुइँचो नै हुन्छ ।

पौराणिक कालमा समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विषको डाहा शान्त पार्न भगवान शिवले कुण्डको सिर्जना गरेको किम्बदन्ती छ । पौराणिक कथनअनुसार, परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष भगवान शिवले सेवन गरेका थिए । अनि, त्यो विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा पुगे । गोसाइँबाबाका रूपमा त्यहाँ पुगेका भगवान शिवले त्रिशूल भित्तामा हिर्काए र गंगाजल अर्थात त्रिशूल धाराको उत्पति भयो । त्यही त्रिशूल धाराको पानीबाट गोसाइँकुण्ड बन्यो ।


त्रिशूल हिर्काउँदा आएको पानी निकास हुने नदीको नाम पनि त्रिशूली रहन गएको पौराणिक कथन छ । कुण्डमा स्नान गरी गोसाइँबाबाको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ । त्यस्तै, पितृ तर्नुका साथै चिताएका सबै मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

प्राकृतिक रूपमा पनि निकै आकर्षक कुण्डको लम्बाइ ६ सय मिटर र चौडाइ तीन सय ७० मिटर छ । उच्च हिमाली क्षेत्रमा अवस्थित गोसाइँकुण्ड जैविक विविधताले पनि भरिपूर्ण रहेको छ । यसको वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायतका करिब एक सय आठ कुण्ड छन् । यहाँ १४ प्रजातिका गुराँस, लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका वनस्पति, चराचुरुङ्गी पनि पाइन्छ । घट्टेखोला, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीबिना, बुद्धडाँडा र गणेशगौँडा मनोरम दृश्यका गन्तव्य हुन । त्यस्तै, कुण्डनजिकै अमरसिंह गुफा र अमरसिंह थापाको चिहान छ ।

त्रिशूल हिर्काउँदा आएको पानी निकास हुने नदीको नाम पनि त्रिशूली रहन गएको पौराणिक कथन छ । कुण्डमा स्नान गरी गोसाइँबाबाको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

कसरी  पुग्ने ?
काठमाडौंबाट गोसाइँकुण्ड सामान्यतः तीन दिनमा पुगिन्छ । एक दिन गोसाइँकुण्डमा बिताउने र फर्किने समय पनि हिसाब गर्दा करिब एक हप्तामा छुट्याउनुपर्छ । गोसाइँकुण्ड जानलाई धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । चल्तीको पदमार्ग भने काठमाडाै‌‌–धुन्चे–गोसाइँकुण्ड नै हो ।

काठमाडौंबाट धुन्चेसम्म बसमा हुइँकिन सकिन्छ । धुन्चेबाट पहिलो दिन चन्दनबारी वा लौरीबिना र दोस्रो दिन गोसाइँकुण्ड पुगिन्छ । अर्को, काठमाडौं–सुन्दरीजल÷हेलम्बु–ठाडेपाटी बाटो आउँछ । कमै यात्रुले यार्सा–गोसाइँकुण्डको बाटो प्रयोग गर्छन् । पर्यटकले भने सागरकुण्ड–गोसाइँकुण्डको बाटो प्रयोग गरेको पाइँदैन ।

खर्च कति लाग्छ ?
तपाईंलाई न्यूनतम खर्च करिब दैनिक दुई हजार रुपैयाँ भए मज्जाले पुग्छ । खान र बस्न गाह्रो हुँदैन । एक हप्ताको यात्राका लागि १४ हजार रुपैयाँले पुग्न सक्छ । काठमाडौं–धुन्चे–काठमाडौंको भाडा पनि धेरै लाग्दैन । करिब एक हजार चार सय जतिमा ओहोरदोहोर गर्न सकिन्छ । त्यसैले, तपार्इंको यात्राको दिनअनुसार खर्च बोक्दा राम्रो हुन्छ । त्यस्तै, उपहार र अन्य खर्चका लागि थप रकमको बन्दोबस्त गर्नुपर्छ । गोसाइँकुण्डको यात्रा समूहमा गर्दा उपयुक्त हुन्छ ।

के–के  लैजाने ?
गोसाइँकुण्ड चार हजार तीन सय ८० मिटरको उचाइमा छ । जहाँ लेक लाग्ने सम्भावना प्रवल हुन्छ । लेक लाग्ने तथा पैदल यात्रा धेरै गर्नुपर्ने भएकाले रेनकोट, स्लिपिङ व्याग, न्याना कपडा, टोपी, ज्याकेट, पन्जा, ड्राइफुड, चकलेट, लसुन, अदुवा, सातु, थर्मस आदि बोक्नुपर्ने हुन्छ । सिटामोल र अल्टिच्युड सिकनेसका औषधि बोक्न बिर्सिनुहुन्न ।साभार नयाँपत्रीका

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com