म्याग्दीमा भेटियाे १७ औँ शताब्दीको सुरुङमार्ग
बेनी, म्याग्दी, २२ जेठ : म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँको शिरानमा कुहुँ मालिका मन्दिर नजिकै रहेको १७ औँ शताब्दीको ऐतिहासिक सुरुङमार्ग भेटिएको छ ।
जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ । बाइसे÷चौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्रसार गरी आवश्यक पूर्वाधारको निर्माण गर्ने हो भने इतिहासका अध्येता र पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न सक्ने प्रशस्तै सम्भावना रहेको छ ।
म्याग्दीको प्रशिद्ध पर्यटकीय एवं धार्मिकस्थल मालिकाको धुरी जाने बाटोमा पर्ने सो सुरुङमार्गको लम्बाइ करीब ५० मिटर रहेको छ । पूर्व–पश्चिम फैलिएको सो सुरुङमार्गको पूर्वतिरबाट प्रवेश गरेर पश्चिमतर्फ ५० मिटरको दूरीमा रहेको मालिका मन्दिरमा निस्कन सकिने स्थानीय बुद्धिजीवी एवं शिक्षक भद्रबहादुर जिसीले बताउनुभयो ।
गुफाको पूर्वतर्फ करीब ७० मिटरको दूरीमा तत्कालीन कुहँुले राजाको राजधानी रहेको थुमाको अवशेष मात्र बाँकी रहेको छ । गाउँको शिरानमा उच्च स्थानको समथर मैदानमा राजधानी थुमामा काजिला (सानो दरबार) बनाएर तत्कालीन राजा बस्ने गर्दथे ।
सुरुङ रहेको स्थानको पूर्वतर्फबाट तामाको सिक्का खसाल्ने हो भने त्यो सिक्का बजेको आवाज तीन मिनेटसम्म सुन्न सकिने जिसीले बताउनुभयो । सुरुङ रहेको पहराको शिरानबाट म्याग्दीका अधिकांश गाउँ, हिमशृंखला र वनजंगलको मनमोहक दृश्य देखिन्छ ।
स्थानीय समाजसेवी क्याप्टेन केशरबहादुर घर्तीका अनुसार सो सुरुङको प्रवेशभाग मालिका मन्दिरको छेउबाट कुखुराको भाले भित्र छिराउने हो भने हालको बेनी नगरपालिका–४, सिंगा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डको छेउमा रहेको ओढारबाट निस्कने गरेको किंवदन्ती रहेको छ ।
सो सुरुङको भित्रितर्फको मध्यभाग दुई तिर फैलिएको छ । पूर्व–पश्चिम सिधा मार्ग रहेको छ भने सुरुङभित्र तलतिर जाने ओढार पनि रहेको क्याप्टेन घर्तीले बताउनुभयो । “सो ओढारबाट तलतिर जाने अर्को सुरुङ रहेको छ, त्यहाँबाट छिरेको चिज तातोपानी कुण्डको नजिकै रहेको गुफामा निस्कने हुनुपर्छ” क्याप्टेन घर्तीले भन्नुभयो ।
सुरुङको प्रचारप्रसार गरी त्यसको ऐतिहासिक महत्वका बारेमा बुझाउन र देखाउन सक्ने हो भने सो स्थान म्याग्दीको आकर्षक ऐतिहासिक विरासत बोकेको पर्यटकीय स्थान हुनसक्ने सुरुङ अवलोकनका लागि त्यहाँ पुग्नुभएका गैरसरकारी संस्था मिलन म्याग्दीका उपाध्यक्ष शिव बानियाँले बताउनुभयो ।
यस विषयमा इतिहासका अध्येता एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कर्णबहादुर बानियाँले चौबिसे राज्यअन्तर्गत कुहुँमा तत्कालीन समयमा कुनै पनि राजाले राज्य गरेको प्रमाण फेला नपरेको बताउनुभएको छ ।
मगर जातिका तीन मगर — ढुट, काइसे र खाम गरी तीनवटा भाषा प्रचलनमा रहेका बताउँदै बानियाँले म्याग्दीको कुहुँका मगरले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकाले त्यस क्षेत्रको इतिहासका बारेमा धेरैकुरा बाहिर आउन नसकेको जानकारी दिनुभयो ।
Comments
अरु समाचार
सार्क क्षेत्रबाट आउने पर्यटकको संख्यामा ११…
काठमाडौं । सन् २०१९ को पहिलो महिनामा झण्डै एक...
हिउँले छोपिदा रारा साैन्दर्यता (फाेटाे फिचर)
भरतबन्धु थापा रारा राष्टियन निकुन्ज भित्र पर्ने राराताल नेपालको...
टर्कीमा नेपालले इएमआइटीटी २०१९ स्टैंडको पुरस्कार…
काठमाडौँ, माघ : नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन गरिएको...
अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध
काठमाडौँ, १३ माघ : मौसममा आएको खराबीका कारण त्रिभुवन...
हिमपातले रारा जाने सडकखण्ढ अवरुद्ध
भारी हिमपातले कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा खण्ड अवरुद्ध भएको छ ।...
हिउले सेताम्य खप्तड (फोटो फिचर)
खप्तड राष्टिय निकुन्जको त्रिवेणी क्षेत्र हिउले सेताम्य भएको छ...
पौवाभन्ज्याङदेखि सन्दपुरसम्म
सन्दकपुर, जहाँ भरिभराउ थिए। कोही दृष्यमा रमाउने, कोही थकाइ...
हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी…
अमरगढी, ८ माघ : डडेल्धुरामा सोमबार राति परेको हिमपातले...