मालिन्दो एयरको विमान दुर्घटनाबाट जोगियो
काठमाडौँ, ७ वैशाख : काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।
राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब १३९ फिट पर पुगेर घाँसे मैदानमा भासिएको थियो । जहाजमा १३९ यात्रु रहेको विमानस्थल स्रोतले जनाएको छ ।
जहाजले धानवमार्ग छोडे पनि यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो ।
उक्त घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज अन्यत्रै पठाइएको गरिएको थियो भने काठमाडौँबाट उड्नुपर्ने सातवटा उडान पनि प्रभावित भएको थियो ।
अहिले विमानस्थल बन्द छ । रनवेबाट उक्त विमान हटाएपछि मात्र उडान शुरु हुनेछ ।
Comments
अरु समाचार
यी हुन्ः दसैँमा घुम्न सकिने मुख्य…
शरद ऋतुको आरम्भसँगै मौसम पनि रमणीय बन्छ । गर्मी...
यसरी जान सकिन्छ बन्दिपुर, के के…
उपेन्द्र खनाल काठमाडौं, पोखरा वा अन्य सहरको बसाइले दिक्क...
दग्नामको तोयमा सडक भासियो
बाबियाचौर, म्याग्दी, १ साउन : म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको...
रसुवागढी नाकाबाट मानसरोवर जाने धार्मिक पर्यटक…
रसुवागढी नाकाबाट मानसरोवर जाने भारतीय नागरिकको संख्या बढ्दै गएको...
सुन्दर पाथीभरा,यसरी पुग्न सकिन्छ पाथीभरा
पूर्वी नेपालको ताप्लेजुङ्मा रहेको पाथीभरा देवीको मन्दिरमा बाह्रै महिना...
पर्यटन पूर्वाधारमा लगानी बढाउँदै
नारायण ढुंगाना रत्ननगर, चितवन, वैशाख : पूर्वी चितवनको खैरहनी...
याे सिजनमा २२ वटा हिमाल आरोहणका…
६ वैशाख, काठमाडौं । चालु बसन्त सिजनमा हिमाल आरोहणका...
आन्तरिक पर्यटक
बागलुङको पर्यटकीय लेक घुम्टेमा पुगेका आन्तरिक पर्यटक । तस्वीर:...