भारतमा चन्द्रागिरिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार
काठमाडौँ, असोज : नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा उक्त प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो ।
चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो पुरस्कार प्रदान गर्नुभयो ।
भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले वर्षेनी ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ ।
चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकहरुमाझ पनि लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बनेकाले अन्तर्राष्ट्रिय स्तरको सो पुरस्कार प्रदान गरिएको उक्त पब्लिकेसनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो कार्यक्रममा भारत र अरु देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवा क्षेत्रहरुलाई पुरस्कृत गरिएको थियो ।
काठमाडौँमा पशुपतिनाथको दर्शनका लागि वर्षेनी हजारौँको सङ्ख्यामा आउने भारतीय पर्यटक चन्द्रागिरिमा भालेश्वर महादेवको दर्शनका लागि पनि जाने गरेका उक्त प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाहले जानकारी दिनुभयो ।
सो पुरस्कार प्राप्त गरेपछि उक्त प्रालिका अध्यक्ष ढकालले यस पुरस्कारबाट नेपालका राम्रा पर्यटकीय गन्तव्यहरुको भारत र अन्य देशमा पनि पहिचान र प्रचार हुन पुगेको बताउँदै यसले देशमा पर्यटन क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चन्द्रागिरिलाई गरिएको यो सम्मानले नेपालमा मुक्तिनाथ, जानकी, मौलाकालिकाजस्ता अरु पनि कैयौँ हिन्दू तीर्थस्थलहरुमा पनि उत्कृष्ट धार्मिक पर्यटनको विकासका लागि पनि आधार बन्नुपर्छ भन्ने सन्देश मिलेको बताउनुभयो ।
नेपालको राजनीतिक, सांस्कृतिक र धार्मिक हिसाबले ऐतिहासिक मानिने चन्द्रागिरि हिल्समा केबल कार निर्माण गरी २०७३ साउन २६ गतेबाट सेवा शुरु गरिएको हो । त्यसयता हरेक दिन दुई हजारदेखि २२ सयको सङ्ख्यामा पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।
चन्द्रागिरि हिल्स प्रालिका जनसम्पर्क प्रमुख राजु पौडेलका अनुसार उक्त हिल्समा केबल कार चढेर गतवर्षसम्म करिब साढे सात लाख पर्यटक पुगेका थिए ।
Comments
अरु समाचार
सार्क क्षेत्रबाट आउने पर्यटकको संख्यामा ११…
काठमाडौं । सन् २०१९ को पहिलो महिनामा झण्डै एक...
हिउँले छोपिदा रारा साैन्दर्यता (फाेटाे फिचर)
भरतबन्धु थापा रारा राष्टियन निकुन्ज भित्र पर्ने राराताल नेपालको...
टर्कीमा नेपालले इएमआइटीटी २०१९ स्टैंडको पुरस्कार…
काठमाडौँ, माघ : नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन गरिएको...
अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध
काठमाडौँ, १३ माघ : मौसममा आएको खराबीका कारण त्रिभुवन...
हिमपातले रारा जाने सडकखण्ढ अवरुद्ध
भारी हिमपातले कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा खण्ड अवरुद्ध भएको छ ।...
हिउले सेताम्य खप्तड (फोटो फिचर)
खप्तड राष्टिय निकुन्जको त्रिवेणी क्षेत्र हिउले सेताम्य भएको छ...
पौवाभन्ज्याङदेखि सन्दपुरसम्म
सन्दकपुर, जहाँ भरिभराउ थिए। कोही दृष्यमा रमाउने, कोही थकाइ...
हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी…
अमरगढी, ८ माघ : डडेल्धुरामा सोमबार राति परेको हिमपातले...