प्राकृतीक सुन्दरताकाे अनुपम : मानसरोवर (फोटो फिचर)

माउन्ट कैलाश अर्थात मानसरोवर हिन्दुहरुको पवित्र तिर्थ स्थल । कैलाश दर्शन गरेपछी स्वर्ग गईन्छ भन्ने जनविश्वास रहेको छ । धार्मिक मात्र नभएर पर्यटकीय हिसवाले पनी निकै प्रख्यात रहेको माउन्ट कैलास पर्वत पदयात्रा । कैलाश पर्वत यात्राको प्रवेशद्धारको रुपमा प्रख्यात रहेको छ हुम्लाको सिमिकोट ।

kailash @ ghumphir (6)नेपालगन्ज देखी सिमीकोट सम्मको हवाई यात्रा पश्चात सुरुहुन्छ कैलाश पदयात्राको । सिमिकोट देखी तिन दिनको पैदल यात्रा पश्चात पुगिन्छ कैलास पर्वतको धार्मिक स्थल । तर कैलास पर्वत यात्राको लागी भिसाका समस्या रहेको तर्क राख्दछन पर्यटन ब्यबसायीहरु । यती मात्र होईन कुन समयमा चिनको नाका बन्द हुन्छ कुन समयमा खोल्ने हो सो को निश्चित नभएका कारण पनी कैलाश यात्राको समस्या रहेको बताउछन् ।
यस्तो समस्या भएको समयमा माउन्ट कैलाब पर्वतको दर्शन नेपालको र तिब्बको सिमाना रहको हुम्लाको लाप्चा स्यारबाट दर्शन गर्ने गरेको बताउछन तिब्बत होली डेजका प्रबन्ध निर्देश पेमा छिरीड लामा । उनी भन्छ माउन्ट कैलाश पर्वतका लागी प्रत्येक बष भिसाको समस्या हुने गरेको हुन्छ , कुन सयमा भिसा दिन्छ कुन समयमा बन्द हुन्छ ठेगान हुदैन, यसकारण कैलाश पर्वत दर्शनका लागी बिकल्पका रुपमा लाप्चा स्यारलाई सदुपयोग गर्न सके राम्रो हुन्छ ।
हुम्लाको सदरमुकामा लिमि भ्याली हुदै लाप्चा स्यार पुग्नलाई ६ दिनको समयमा लाग्दछ । प्राकृतीक सुन्दरताका साथै जनजिवनका दृश्यअवलोकनका लागी निकै उत्कृष्ट स्थान मध्य एक हो लिमि भ्याली । यस्कालागी बर्षेनी हजारौ सख्यामा पर्यटकहरु ऋाउने गरेको बताउछन फिरन्ते ट्रेकका सुरेन्द्र लामा ।
तस्विरहरु रबिन खड्का/छिरीङ लामा

kailash @ ghumphir (1) kailash @ ghumphir (2) kailash @ ghumphir (3) kailash @ ghumphir (5) kailash @ ghumphir (7) kailash @ ghumphir (8) kailash @ ghumphir (9) kailash @ ghumphir (10) kailash @ ghumphir (11) kailash @ ghumphir (12)kailash @ ghumphir (11) kailash @ ghumphir (12) kailash @ ghumphir (13) kailash @ ghumphir (14) kailash @ ghumphir (15) kailash @ ghumphir (16)

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np