पहिरोले पूर्वी रूसमा ५ सय पर्यटक अलपत्र
भाद्र १७, २०७४, दक्षीण–पूर्वी रूसमा गएको भीषण पहिरोका कारण करिब ५ सय मानिस अलपत्र परेका छन् । रूसी अधिकारीका अनुसार पहिरोका कारण विभिन्न १० देशका १ सय ५० जना विदेशी काबार्डिनो बाल्करियामा फसेका हुन् । उनीहरु ४९ पर्यटन संस्थामार्फत त्यहाँ पुगेका थिए ।
पहिरोका कारण भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, पोल्यान्ड, मलेसिया, स्लोभेनिया, इजिप्ट, बुल्गेरिया, मोल्डोभा र युक्रेनका नागरिक अलपत्र परेको रूसी समाचार संस्थाले जनाएका छन् । रूसी समाचार संस्था टासले भने काबार्डिनो बाल्कारियाको एल्बरुस क्षेत्रमा ७ हजार ७ सय जना थुनिएको जनाएको छ ।
रूसस्थित चिनियाँ दूतावासले घटनामा आफ्ना देशका नागरिक परेको पुष्टि गरेको छ । उसले चिनियाँलगायत अन्य विदेशी पर्यटकलाई उद्धारको आवश्यकता रहेको जनाएको छ ।
रूसको आपतालीन मन्त्रालयले घटनास्थलबाट पीडितलाई उद्धार तथा सहयोग गर्न सरकारी संयन्त्र परिचालन गरिएको जनाएको छ ।
Comments
अरु समाचार
यी हुन् भाइरल बनिरहेका तस्बिरहरु
वेवसाइटमा अपलोड भएका केही तस्बिरहरु अहिले भारतमा भाइरल बनिरहेको...
यी हुन् विश्वमै सबैभन्दा बढी मनपराइएका…
एक सर्वाेक्षण अनुसार विश्वमै सबैभन्दा बढी मनपराइएका ऐतिहासिक दश ठाउँको...
यी हुन् स्वर्गको महसुसगर्न सकिने ठाँउहरू…
एजेन्सी । संसारमा सुन्दर ठाँउहरुको कुनै कमि छैन साथै...
यी हुन् विश्वका आकर्षक पर्यटकीय स्थल
विश्वमा धेरै सुन्दर र लोभलाग्दा ठाउँ छन् जहाँको सुन्दरता...
अस्ट्रेलियामा हाेलीमा रमाउदै नेपालकाे प्रचार प्रसार…
कमेरो ईभेन्टको आयोजनामा भउको दोश्रो होली फ़ूड फ़ेस्टीवल मेला...
अब लण्डनबाट न्युयोर्क पुग्नमा केवल २९…
अब लण्डनबाट न्युयोर्क पुग्नमा केवल २९ मिनेट मात्रै लाग्नेछ...
३ सय करोड वर्षअघि काे बैकाल…
– रूसको साइबेरियास्थित बैकाल ताल संसारकै सबैभन्दा पुरानो ताल...
उत्तर कोरियाको क्षेप्यास्त्रले किन आत्तीयो जापानी…
उत्तर कोरियाले जापानको होकाइदोको आकाशमाथिबाट क्षेप्यास्त्र प्रक्षेपण गरेपछि जापानमा...