पटना–पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सुझाव
पोखरा, असार: पोखरेली पर्यटन व्यवसायीले विहार तथा आसपासका पर्यटकलाई गर्मी छल्न पोखरा आउन निम्तो दिएका छन् । पश्चिमाञ्चल होटेल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धनमा बुधबारदेखि शुरु ‘चलिए पोखरा’ अभियानसहित बिहीबार पटना पुगेको टोलीले पत्रकार भेटघाटमा गर्मी छल्नका लागि भारतीयको उपयुक्त गन्तव्य पोखरा हुने बताउँदै भारु तीन हजारदेखि १३ हजारसम्मको विवरण सार्वजनिक ग¥यो ।
नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले पोखरा सेप्टेम्बरदेखि फेब्रुअरीसम्म उपयुक्त समय भए पनि भारतीय पर्यटकका लागि वर्षात् पनि उपयुक्त हने धारणा राख्नुभयो ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले विहारी धर्मसंस्कृति नेपालसँग मिल्दोजुल्दो भएको बताउनुभयो । टुरिज्म एशोशियशन विहारका अध्यक्ष सञ्जय शर्माले भारतीय पर्यटकलाई सीमा नाकामा धेरै नै दुःख दिने, अपमान गर्ने तथा झञ्झट लगाउने गुनासो गर्दै बसमा गएका भारतीय पर्यटकलाई जुनसुकै शहरमा निर्धक्क जाने र एक पटक कर तिरेपछि अन्य ठाउँमा कर नलाग्ने गरेमा नेपाल आकर्षक हुने सुझाव दिनुभयो । पटनादेखि पोखरा सीधा हवाई यात्रा सञ्चालन गर्न सके पर्यटको वृद्धि हुने उहाँको विश्वास छ । उहाँले पोखराका होटलको सेवा शुल्क बढी भएको औँल्याउँदै उक्त शुल्क कायम रहे भारतीयहरु नेपालको सट्टा थाइल्याण्ड जान सक्ने भएकाले केही रकम घटाउन व्यवसायीलाई सुझाव दिनुभयो ।
पटनाका पर्यटन व्यवसायी गौरव कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ गएपछि विहारीको चासो बढेको र जाने चाहना व्यक्त गर्ने गरेको बताउनुभयो । उहाँले पटना–पोखरा हवाई यात्रा शुरु भएमा १० देखि १५ प्रतिशत पर्यटक वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
Comments
अरु समाचार
मार्तडी–कोल्टी सडक अवरुद्ध
बाजुरा, फागुन : लगातारको हिमपातसँगै वर्षाका कारण एक महीनादेखि...
चिनियाँ पर्यटकको संख्यामा वृद्धि
“जाम, चिसो र भीडबाट मुक्त हुनका लागि गृष्मकालिन अवधिमा...
सार्क क्षेत्रबाट आउने पर्यटकको संख्यामा ११…
काठमाडौं । सन् २०१९ को पहिलो महिनामा झण्डै एक...
पर्यटन विकासमा छुट्याइएको ६३ लाख रकम…
धरान : धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट...
टर्कीमा नेपालले इएमआइटीटी २०१९ स्टैंडको पुरस्कार…
काठमाडौँ, माघ : नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन गरिएको...
अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध
काठमाडौँ, १३ माघ : मौसममा आएको खराबीका कारण त्रिभुवन...
पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा
अमरगढी, माघ : समुचित संरक्षण नपाएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक...
पौवाभन्ज्याङदेखि सन्दपुरसम्म
सन्दकपुर, जहाँ भरिभराउ थिए। कोही दृष्यमा रमाउने, कोही थकाइ...