निरन्तर भारी वर्षाका कारण हवाई उडान बन्द, यात्रु अलपत्र

खजुरा, बाँके, १९ असार : निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ ।
आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताउनुभयो ।

नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहँुदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् । हिन्दुहरूकाे प्रमुख धार्मिक स्थल मध्य एक मानिने मानसराेबर जाने माैसम भएका कारण अहिले बिशेष गरी नेपालगन्ज देखि हुम्लाकाे सिमिकाेट यात्रुहरूकाे चाप रहेकाे छ ।  कर्णालीबाहेक काठमाडौँको उडान मात्र नियमित रहेको सो कार्यालयले जनाएको छ ।

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com