गुफा हेर्नेको भीड लागेपछि बन्द गरियो

रामपुर पाल्पा,२९ वैशाख : रामपुरमा हालसालै पत्ता लागेको अनौंठो गुफा हेर्नेको भीड लागेपछि गुफा बन्द गरिएको छ ।
रामपुर नगरपालिकाको रामघाटको भुलादीखोलाको भुद्रङघाट नजिकै फेला परेको अनौंठो गुफा अवलोकन गर्नका लागि दिनहुँ सयौँको संख्यामा भीड लागेपछि अध्ययन अनुसन्धान नहुञ्जेल सम्मका लागि गुफा बन्द गरिएको छ ।
पुरातात्विक विभागबाट गुफाको बारेमा अध्ययन अनुसन्धान नगरुन्जेल सम्मका लागि गुफा बन्द गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । गुफाभित्र शिवलिङ, हात्तीका चित्र, शङ्ख, विभिन्न भगवानका आकृति रहेका छन् ।


Facebook Comment


No ads found for this position